
काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । दशौं चरणको खेलको दोस्रो दिनमा ६ वटा क्लबसहित तीन वटा खेल हुन लागेको हो ।
एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजे सुरु हुनेछ । जारी लिगमा १३ अंकसहित मच्छिन्द्र तालिकाको आठौँ स्थानमा छ भने ११ अंक जोडेको एपीएफ नवौँ स्थानमा छ ।
दुवै टिम चौथो जितको खोजीमा हुने छन् । दशरथ रंगशालामै साँझ ६ बजे हुने अर्काे खेलमा फ्रेण्ड्स क्लब र संकटा क्लब भिड्ने छन् । १५ अंक जोडेर संकटा तालिकाको सातौँ स्थानमा छ भने ९ खेलबाट ८ अंक बटुलेर फ्रेण्ड्स पुच्छारबाट दोस्रो स्थानमा छ ।
अर्को पनि खेल लतिपुरको च्यासल मैदानमा ३ बजेबाट सुरु हुनेछ । उक्त खेलमा जावलाखेल र नेपाल पुलिस क्लब भिड्ने छन् । जारी लिगमा ९ खेलबाट १७ अंक जोडेको जावलाखेल तालिकाको शीर्ष स्थानमा छ भने समान ९ खेलबाट ५ अंक मात्रै जोडेको पुलिस भने पुछारमा रहेको छ ।