News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौं—  हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको हो। 

वर्षाले प्रभावित भएपछि यो खेल १८–१८ ओभर खेलाइएको छ।

Prabhu Bank

हङकङका लागि अन्शुमन राठले सर्वाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए। 

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिए भने ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ तथा करण केसीले एक विकेट लिएका थिए।  
         

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:२६
Weather Update