News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
करण केसीले लिए हङकङको पहिलो विकेट
करण केसी। फाइल तस्बिर।

काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङकङको पहिलो विकेट लिएको छ।

हङहङको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन्।  विवेक यादवको स्थानमा करण केसी टोलीमा फर्किएका हुन्। 

Prabhu Bank

करणले हङकङको ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई ८ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए। नेपालले टस जिती हङकङको पहिले ब्याटिङको निम्तो दिएको हो। २.१ ओभरमा कोट्जी आउट हुँदा हङकङकले १२ रन बनाएको छ। 

वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो। जारी प्रतियोगितामा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:१०
Weather Update