News Griha :: न्यूजगृह
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं— नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेका हुन्। खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको छ।

वर्षाको कारण खेल ढिलो सुरु हुँदा १८–१८ ओभरको हुनेछ। नेपालले कतारसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ। विवेक यादवको स्थानमा करण केसी टोलीमा फर्किएका छन्।

नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो। हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो। 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:५८
Weather Update