
काठमाडौं— इटालियन क्लब एसी मिलान १६ वर्षपछि च्याम्पियनसिप लिगको सेमिफाइनलमा पुगेको छ । सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुग्न सकेको थिएन ।
मंगलबार राति सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा नेपोलीसँग बराबरीको खेलेको भए पनि समग्रमा २–१ को जित निकाल्दै मिलान सेमिफाइनलमा पुगेको हो । खेल नेपोलीको घरेलु मैदानमा भएको थियो ।
पहिलो हाफको ४३ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए ।
दुवै इटालियन क्लबको रोमाञ्चारी खेलमा दुवै पक्षले गोल गर्ने प्रयास गरे पनि सकिरहेका थिएनन् तर खेल सकिनै लाग्दा ९० औं मिनेटमा नेपोलीको भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
यस अघिको खेलमा एसी मिलानले १–० को अन्तरले विजयी भएको हुँदा सेमिफाइनल यात्राका लागि एक गोलको एडभान्टेज लिने मौका पायो । जुन एडभान्टेजले उसलाई सेमिफाइनलमा प्रवेश गरायो ।