News Griha :: न्यूजगृह
एसीसी मेन्स प्रिमियर कप क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं— एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् ।

कीर्तिपुर मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी मुलपानी मैदानमा हुने अर्को खेलमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बुधबार बिहान ८:४५ बजे सुरु हुनेछ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियाे ।

मुलपानी मैदानमा मंगलबार नै भएको अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०६:४९
Weather Update