News Griha :: न्यूजगृह
‘रावायण’का लागि एक्सन सिक्दै पल शाह

काठमाडौं — फिल्ममा ‘लभर ब्वाइ’को पहिचान बनाएका अभिनेता पल शाह यतिबेला नयाँ फिल्म ‘रावायण’का लागि धमाधम एक्सन सिकिरहेका छन्। निर्देशक सुदर्शन थापाको निर्देशन रहने फिल्मका लागि पल एक साता यता एक्सन निर्देशक श्री श्रेष्ठसँग एक्सन सिक्वेन्स सिकिरहेका हुन्। 

पलले आफ्नो ‘लभर ब्वाइ’को छविलाई फेर्न एक्सन सिकिरहेको बताए। ‘मलाई अहिलेसम्म दर्शकले प्रेमकथामा फिल्ममा धेरै देख्नुभयो। अब म त्यो छवि फेर्न चाहन्छु,’ उनले भने।

पल फिल्म ‘पुजार सार्की’मा ‘लभर ब्वाइ’ भन्दा फरक चरित्रमा देखिँदैछन्। तर यसमा उनको भूमिका पूर्ण एक्सन मूलक नरहेको निर्माण युनिटले जनाएको छ। 

२०८१ भाद्र २१ गते तिजलाई रिलिज मिति तोकेको फिल्म ‘रावायण’ वैशाखबाट छायाङ्कनमा जाँदैछ। सुदर्शन थापा प्रोडक्सन र पुजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बन्ने फिल्ममा सुदर्शन थापा र पुजा शर्माको संयुक्त लगानी छ। फिल्ममा पलसँगै पुजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतका कलाकारहरूको अभिनय रहने छ।

फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियाग्राफी रहने छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १०:३२
Weather Update