
काठमाडौं — आईपीएलमा यश ठाकुर र क्रुनाल पाण्ड्याले घातक बलिङ गरेपछि गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग ३३ रनले पराजित भएको छ।
आइतबार राति भएको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटियो।
लखनउका लागि ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर ५ विकेट लिए। उनलाई पाण्ड्याले ४ ओभरमा मात्र ११ रन खर्चँदै ३ विकेट लिएर राम्रो साथ दिए।
गुजरातका लागि साइ सुदर्शनले ३१ रन तथा राहुल तेवाटियाले ३० रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन्। कप्तान शुभमनगिलले १९ तथा विजय शंकरले १७ रन बनाए। दर्शन नलकन्डेले १२ रन बनाउँदा अन्यले दोहोरो अङ्क नै छुन सकेनन्।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले मार्कस स्टोइनिसको अर्धशतकको मद्दतले निर्धातिर २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो। स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्का हिर्काए।
उनलाई कप्तान केएल राहुलले ३३ रन तथा निकोलस पुरनले ३२ रन बनाउँदै साथ दिए। आयुश बडोनीले ११ बलमा २० रनको योगदान दिए। गुजरातका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए।
४ खेलमा गुजरातको तेस्रो जित हो। टोली ६ अङ्कसहित तेस्रो स्थानमा छ। गुजरात भने ५ खेलमा तेस्रो हार बेहोर्न बाध्य बनेको छ। ४ अङ्कसहित टोली सातौँ स्थानमा सीमित छ।