फ्रेन्डसिप
नेपालले टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं — भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप टी—२० कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।
नेपालले पछिल्लो खेलमा बरोडाबाट चार परिवर्तन गरेको छ। नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन्।
आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जिसी, ललित राजवंशी र अनिल शाह आज बेन्चमा छन्।
सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो। अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो। गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १३:१९