लिग-२ क्रिकेट
कप्तान रोहित पौडेल आउट

काठमाडौं— युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरूआत गरेको छ। पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको नेपालले थप ३० रन बनाउँदा तेस्रो विकेट गुमायो। पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शुन्यमा स्टम्पिङ आउट भए।
यस्तै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा क्याच आउट भए। यस्तै कप्तान रोहित पौडेल सातौ ओभरको पाँचौ बलमा १६ रन बनाएर आउट भए। उनले २५ बलमा ३ चौका प्रहार गरे। यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।
यो ओडीआईमा नेपालविरुद्ध कुनै पनि विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १४:२३