News Griha :: न्यूजगृह
भारतमा नेपालको लगातार दोस्रो जित

काठमाडौं— नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ। जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो।

नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। नेपालको जितमा कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए।

सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रनमा रन आउट भए। एक समय १२.५ ओभरमा ८२–५ को अवस्थामा पुगेको नेपाललाई छैटौँ विकेटका लागि सन्दीप र कुशलले ४७ रनको साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए।

ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए। अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो। गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो। अब नेपालले बुधबार गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ। फाइनल आइतबार हुनेछ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १९:४८
Weather Update