News Griha :: न्यूजगृह
फ्रेन्डसिप टी–२० कप: नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौं— नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो। नेपालका कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे।

सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रन बनाएर रनआउट भए। एक समय १२.५ ओभरमा ८२/५ को अवस्थामा पुगेको नेपाललाई छैटौँ विकेटका लागि सन्दीप र कुशलले २९ बलमा ४७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए।

ओपनर आसिफ शेख र कुशल भुर्तेल ९/९ रनमा आउट भएका थिए। अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलसन झा १३ रनमा आउट भए।

भारतका बाबा खानले २, मोहित मोंगिया र परीक्षित पाटिदारले १/१ विकेट लिए। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले  हराएको थियो। गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:२९
Weather Update