News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
डेढ महिनादेखि जंगलमा के गर्दैछन् भोजपुरी स्टार खेसारी

काठमाडौं— बलिउडको जस्तै भोजपुरी फिल्म उद्योगमा पनि कैयौं स्टार छन्, जसको स्टारडम फ्यानको शीरमा चढेर बोल्छ। यस्तै एक अभिनेता हुन् खेसारी लाल यादव, जो हालका दिनमा उत्तर प्रदेशको जंगल घुमिरहेका छन्।

उनी एक महिना बढी समयदेखि चन्दौलीको जंगलमा घुमिरहेका छन्। बिलासी जीवन बिताइरहेका खेसारी किन जंगल घुमिरहेका छन् भन्ने उत्सुकता उनका फ्यानमाझ बढ्दो छ।

Prabhu Bank

‘संघर्ष २’, ‘फरिश्ता’ जस्ता फिल्म दिएका खेसारी डेढ महिनादेखि चन्दौलीको राजदरी–देवदारीको झरना, बाँध, जंगल पहाड, गाउँको आसपास घुमिरहेका छन्। यसको विशेष कारण छन्।

उनी नयाँ फिल्म ‘डन्स’को सुटिङका लागि त्यहाँ छन्। फिल्मको स्क्रिप्ट अनुसार खेसारीको अधिकांश दृश्य जंगलमै छ। यो फिल्ममा दर्शकले एक्सनसँगै सांगीतिक प्रेमकथा पनि हेर्न पाउनेछन्।

धरज ठाकुरको निर्देशनमा बनिरहेको फिल्म महंगो बजेटको मानिएको छ। फिल्ममा स्वेता, शाहवर अली, समर्थ चतुर्वेदी, पप्पू यादव, देव सिंह, महेश आचार्य, विजया लक्ष्मी, स्वेता नवल, जे नीलम, जेपी सिंह, गौरी शंकर, आर्यन बाबू चाहत राज र माही खानको अभिनय छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०९:२८
Weather Update