News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘हीरामण्डी’ मा सक्कली आभूषण

काठमाडौं— निर्देशक सञ्जय लीला भन्साली हालका दिनमा आफ्नो प्रतिक्षित पिरियड ड्रामा ‘हीरमाण्डीः द डायमण्ड बाजार’का कारण चर्चामा छन्। 

यो सिरिजमार्फत उनी ओटीटीमा डेब्यू गर्न जाँदैछन्। यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, सन्जीदा शेख र शर्मिन सहगलको अभिनय छ।

Prabhu Bank

हालैमात्र ऋचाले सिरिजलाई लिएर नयाँ कुराको खुलासा गरेकी छन्। उनका अनुसार सिरिजमा वास्तविकता झल्काउनका लागि सञ्जयले भेषभुषादेखि आभुषणसम्म निकै ध्यान दिएका छन्। सिरिजकै लागि उनले सक्कली गहनाको प्रयोग गरेका छन्।

‘हामीले जुन आभुषण लगाएका छौं, ती सबै सक्कली हुन्। भलै त्यो तीन–चार किलोग्रामको छ। यी सबै पुराना आभुषण हुन्। यसमा कष्ट्युमका रुपमा पुराना कपडाको प्रयोग गरिएको छ’, उनले भनेकी छन्।

सिरिजमा ऋचाले ‘लज्जो’को भूमिका निर्वाह गरेकी छन्। ‘रोलमा आफूलाई फिट राख्नका लागि मैले उर्दूको धेरै कक्षा लिनुपर्यो। किनकी सिरिजका लागि मैले निखार ल्याउनुपर्ने थियो। जुन बेला म सानै थिएँ, त्यो बेला मैले एक दशकसम्म कत्थक सिकेको थिएँ’, ऋचाले भनेकी छन्।

३७ वर्षीया ऋचाका अनुसार उनले चरित्रका लागि भ्वाइस मोड्युलेसन पनि गरिन्। सन् १९३०, ४० र ५० को दशकका महिलाहरु कसरी कुरा गर्थे भन्ने कुरालाई उनले सिरिजमा उतारेकी छन्।

‘हीरामण्डी’ मे १ बाट ओटीटी प्लेटर्फम नेटफ्लिक्समा रिलिज हुँदैछ। सिरिजमा पाकिस्तानको कथा देखाइनेछ। पाकिस्तानको लाहोरमा एक रेडलाइट इलाकाको नाम हीरामण्डी छ। त्यही कथा सिरिजमा देखाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:१६
Weather Update