News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बोनी र अनिलबीचको खटपट कारण ‘नो इन्ट्री २’

काठमाडौं— बलिउड अभिनेता अनिल कपूर फिल्म निर्माता ठूलो दाइ बोनी कपूरसँग निकै नजिक छन्। फिल्म उद्योगमा यी दाजुभाइको प्रेमलाई उदाहरणका रुपमा लिइन्छ।

हालैमात्र निर्माता बोनीले भाइ अनिलसँग केही समययता सम्बन्ध राम्रो नरहेको खुलासा गरेका छन्। उनले भाइ अनिल आफूसँग फिल्म ‘नो इन्ट्री २’का कारण दुःखी रहेको खुलासा गरेका हुन्। त्यहीकारण पनि लामो समयसम्म उनीहरुबीच कुराकानी हुन नसकेको बोनीले खुलाएका छन्।

Prabhu Bank

अनिल फिल्मको पहिलो भाग ‘नो इन्ट्री’का हिस्सा थिए । तर उनी यसको दोस्रो भागको हिस्सा छैनन् । 

‘अनिलले नो इन्ट्री २ को कथामा आफू नरहेको थाहा पाएपछि मसँग निकै रिसाएको छ । मलाई थाहा छ ऊ यो सिक्वेलको हिस्सा बन्न चाहन्छ । तर उसका लागि यो कथामा स्थान छैन । म यो कुरा उसलाई भन्न चाहन्थें । सम्झाउन चाहन्थें । तर मेरो भाइ आजसम्म मसँग राम्ररी बोल्न मानेकै छैन । म आशा गर्छु कि यी कुरा चाँडै ठिक हुनेछन्’, बोनीले भनेका छन् ।

फिल्म ‘नो इन्ट्री २’मा बोनी कपूरले युवापुस्तालाई स्थान दिएका छन् । फिल्ममा वरुण धवन, अर्जुन कपूर र दिलजीत दोसाँझको अभिनय छ । तर यो कुरा अनिललाई मनपरेको छैन । यहीकारण बोनी र अनिलबीच सम्बन्धमा खटपट छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १०:२९
sagarmatha cementsagarmatha cement
Weather Update