News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित

काठमाडौं— टी–२० आई सिरिजअन्तर्गत आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ। आयरल्याण्डले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएर जबाफी ब्याटिङमा उत्रिएको नेपाल १९.३ ओभरमा २०१ रन बनाउँदा अलआउट भयो। 

नेपालका लागि लोकेश बमले १०६ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन। ५६ बलको सामना गरेका लोकेशले ८ छक्का र ९ चौका प्रहार गरे। 

Prabhu Bank

नेपालका लागि आरिफ शेखले २६ बलमा ४९ रन बनाए। आरिफले ५ छक्का र १ चौका प्रहार गरे। नेपालका लागि कप्तान विनोद भण्डारीले १४ बलमा १६ रन बनाए। 

नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:४०
Weather Update