News Griha :: न्यूजगृह
आयरल्याण्ड ‘ए’विरुद्ध जितका लागि नेपालले पायो १२२ रनको लक्ष्य

काठमाडौं— दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’विरुद्ध जितका लागि सामान्य लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। 

आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो। आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले सर्वाधिक ४६ रन बनाए। ३९ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। 

आयरल्याण्डका अन्य ब्याटरले भने खासै राम्रो रन बनाउन सकेनन्। 

आयरल्याण्डविरुद्ध नेपालका लागि ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले समान २–२ विकेट लिए। यस्तै, करण केसी र कुशल मल्लले १ विकेट लिए। 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १४:५३
Weather Update