टी—२० अभ्यास: टस जितेको आयरल्याण्ड नेपालविरुद्ध व्याटिङ गर्दै

काठमाडौं— नेपालले दुई टी-२० अभ्यास खेलमा अहिले आयरल्यान्डको टीम ए सँग प्रतिस्पर्धा गर्दै छ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ। आयरल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको छ।
दुई खेलमा नेपालको दोस्रो खेल मंगलबार हुनेछ। त्यसपछि नेपाली टीम भारत भ्रमणमा जानेछ।
नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी-२० र एकदिवसीय अभ्यास खेल हुनेछन्।
टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ। नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन्।
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० १३:०८