टाइगर र दिशाको ‘हिरो नम्बर १’ नबन्ने

मुम्बई— बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको फिल्म ‘हिरो नम्बर १’ लामो समयदेखि चर्चामा थियो। फ्यानहरु यो जोडीलाई पुनः पर्दामा हेर्न पाउने खबरले उत्साहित थिए। तर अब भने यो फिल्म नबन्ने भएको छ।
फिल्मका निर्माताले यो फिल्मलाई हालका लागि स्थगित गरेका छन्। गत वर्षको सेप्टेम्बर र अक्टोबर महिनामा निर्माताले यो फिल्मका लागि एक सानो तालिका तयार पारेका थिए। जसअनुसार यो वर्षको जनवरीमा फिल्मको सुटिङ सुरु हुनुपर्ने थियो। तर अब भने यो फिल्म स्थगित भएको छ।
फिल्मका निर्देशक जगन शक्ति नयाँ प्रोजेक्टमा व्यस्त छन्। फिल्मका प्राविधिकलाई पनि निर्माताहरुले अन्य ठाउँमा काम गर्न जानु भनिसकेका छन्।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० १७:५२