News Griha :: न्यूजगृह
नेपाल–यूएईबीचको खेल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदानमा पुगेका छन् ।

आईसीसी विश्वकप लिग–टू अन्तर्गतको अन्तिम खेलअघि प्रधानमन्त्रीले मैदानमै पुगेर खेलाडीहरूलाई शुभकामना दिएका छन् ।

नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएका हुन् ।

यूएईविरूद्ध नेपालले बलिङ गर्दैछ । नेपालले आज एक जना खेलाडी परिवर्तन गरेको छ । फास्ट गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०९:४०
Weather Update