पीएनजीविरुद्ध नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित १२ रन बनाएर आउट

काठमाडौं— हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले ब्याटिङमा खराब प्रदर्शन कायमै राखेको छ।
आठौँ ओभर नसकिँदै नेपालले चौथो विकेट गुमाएको छ ।
कप्तान रोहित पौडेल १६ बलमा १२ रन बनाएर आउट भएका हुन् ।
यसअघि गुल्सन झा ६ बलमा १० रन बनाउँदै आउट भएका थिए ।
नेपालले ७.१ ओभरमा ३७ रन बनाउँदा चौथो विकेट गुमाएको हो ।
पीएनजीविरुद्ध नेपालले १७२ रनको लक्ष्य पछ्याइरहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १४:२८