टी–२० आई सिरिजको फाइनलमा पीएनजीविरुद्ध नेपालको कसिलो सुरुवात

काठमाडौं– हङकङमा जारी पुरुष टी–२० आई सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध कसिलो सुरुवात गरेको छ। नेपालविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले १० ओभर खेल्दा ४ विकेट गुमाएर ७५ रन बनाएको छ।
नेपालका लागि आकाश चन्दले २ तथा करण केसी र गुलसन झाले १ विकेट लिएका छन्। पीएनजीको स्कोर २० हुँदा नै नेपालले ३ विकेट लिएको थियो।
यसअघि नेपालले मंगलबार पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले हराएको थियो। पीएनजीले मंगलबार नै भएको खेलमा हङकङविरुद्ध १० विकेटको जित निकालेको थियो।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १२:४४