News Griha :: न्यूजगृह
यूएईले टस जित्यो, नेपाल बलिङमा

काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग—टू अन्तर्गत आजको अन्तिम खेलमा यूएईले टस जितेको छ । अब नेपालले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट रंगशालामा यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । खेल ९ः३० बजेदेखि सुरु हुँदैछ । 

नेपाललाई सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न आजको खेल जित्नैपर्ने दबाब छ । नेपालका लागि यो खेल महत्त्वपूर्ण रहेको हजारौँ दर्शकको उपस्थिति रहको अनुमान गरिएको छ ।

लिग टू मा नेपालको ३५ खेलबाट ३८ अंक रहेको छ । आजको खेल जिते नेपाल शीर्ष  ३ मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०९:०२
Weather Update