ला लिगामा रियल मड्रिडसँग क्याडिजकाे हार

काठमाडौं— स्पेनिस ला लिगामा रियल मड्रिडले क्याडिजलाई २–० ले पराजित गरेको छ ।
क्याडिजमा शनिबार राति भएको खेलमा रियलले घरेलु टोली क्याडिजलाई पराजित गरेर शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी छोट्याएकाे छ ।
रियलको जितमा नाँचो फर्नान्डेस र मार्को एसेन्सियोले गोल गरे । जितसँगै रियलले बार्सिलोनासँगको अंक दूरी १० मा छोट्याएको छ ।
एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक रहँदा रियलको ६२ अंक छ । पराजित क्याडिज ३१ अंक जोडेर १५औं स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० ०८:३७