News Griha :: न्यूजगृह
फ्रान्सेली फरवार्ड एमबाप्पेको कीर्तिमानी गोल 

काठमाडौं— फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्स लिग वानमा लेन्सलाई सहजै पराजित गरेको छ । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पीएसजीले लेन्समाथि ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा एमबाप्पेसँगै लियोनल मेस्सी र भिटिन्हाले गोल गरे । लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए । लिगको शीर्षस्थानमा पीएसजी छ भने दोस्रो स्थानमा लेन्स छ । खेलमा एक गोल गरेसँगै एमबाप्पे लिग वानमा पीएसजीको सर्वाधिक गोलबर्ता बनेका छन् ।

उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन् । एमबाप्पेले १६९औं लिग खेलमा १३९औं गोल गरे । यस जितसँगै पीएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । पीएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०७:३६
Weather Update