आईसीसी विश्वकप क्रिकेट लिग–टू
यूएईविरूद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको अन्तिम खेलमा नेपालले आज टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियू क्रिकेट रंगशालामा यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले आज एक जना खेलाडी परिवर्तन गरेको छ । फास्ट गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ ।
खेल केहीबेरमा सुरु हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ ०८:४६