News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अमिषालाई अदालतको अन्तिम मौका

काठमाडौं— अभिनेत्री अमिषा पटेल र उनको कम्पनीका बिजनेस पार्टनर कुणाल ग्रुमरलाई सशरीर अदालतमा उपस्थित भएर बयान दिन अन्तिम मौका दिएको छ। अमिषालाई अदालतले मंगलबार अदालतमा उपस्थित हुन भनेको थियो। तर उनी उपस्थित भने भइनन्।

पैसा लिएर फिल्म नगरेको, धोकाधडी र चेक बाउन्ससँग जोडिएको एक मामलामा राँचीको सिभिल कोर्टले अमिषा र ग्रुमरलाई अदालतमा उपस्थित हुन भनिएको थियो। 

Prabhu Bank

तर उनका अधिवक्ताले निजी कारण देखाउँदै समयको माग गरेका थिए। उजुरीकर्ताले भने अभिनेत्रीले पटक–पटक समय माग गरेर घटनाका बारेमा ध्यान नदिएको भन्दै आपत्ति जनाएका छन्। 

ज्युडिशियल मजिस्ट्रेट डीएन शुक्लाको कोर्टले अभिनेत्री अमिषालाई अन्तिम मौका दिँदै आगामी तारिखमा अदालतमा उपस्थित भएर सीआरपीसीको धारा ३१३ अनुसार बयान दर्ता गराउन आदेश दिएको छ।

राँचीका एक फिल्म निर्माता अजयकुमार सिंहले अमिषाविरुद्ध उजुरी दर्ता गराएका थिए। जसमा उनलाई संगीत निर्माणको नाममा अमिषाले उनीबाट अढाई करोड रुपैंयाँ लिएको उल्लेख गरिएको छ। पैसा लिएपछि अमिषाले संगीत निर्माणको कुनै काम नगरेको आरोप पीडितको छ।

यसबाहेक अमिषामाथि फिल्म ‘देसी म्याजिक’ बनाउनका लागि अजय सिंहबाट थप पैसा पनि लिएको आरोप छ। दुवैबीच भएको सम्झौता अनुसार फिल्म रिलिज नभएपछि अजयले अमिषालाई पैसा फिर्ताको माग गरेका थिए। निकै समयपछि अमिषाले अजयलाई अढाई करोडको चेक दिए पनि त्यो बाउन्स भएको थियो। त्यसपछि अदालतले अमिषालाई अदालतमा उपस्थित पटक पटक आग्रह गरेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:२३
Weather Update