News Griha :: न्यूजगृह
सेन्सर बोर्डलाई दीपकको कटाक्ष: सेन्सलेस सेन्सर बोर्ड

काठमाडौं– फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्छन्। उनी समसामयिक विषयमा आफ्ना धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहन्छन्।

यतिबेला फिल्म ‘रंगेली’ चर्चामा छ । यो फिल्म फागुन २५ गतेबाट रिलिज हुँदैछ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मको नाममा आपत्ति जनाउँदै सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध सुरु भएको छ।

यही परिप्रेक्षमा दीपकराजले फेसबुकमार्फत सेन्सर बोर्डप्रति कटाक्ष गरेका छन्।

उनी लेख्छन्, ‘कश्मीर फाइल्स ! उडता पन्जाब !! दिल्ली बिल्ली !!! खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त । यो ‘रंगेली’ चाहिँ किन सेन्सरमा परेछ ‘सेन्सलेस सेन्सर बोर्ड !!’

सेन्सर बोर्डले ‘रंगेली’ रंगेली नगरपालिकामा खिचिएकाले स्थानीय सरकारको सहमति छ या छैन भनेर आफूहरूले बुझ्न खोजेको जनाएको छ। छायांकन भएको थलोको सहमतिपत्र ल्याएपछि मात्र सेन्सर सर्टिफिकेट दिने बोर्डले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १९:३५
Weather Update