News Griha :: न्यूजगृह
नामिबियाले नेपाललाई दियो २०७ रनको चुनौती

काठमाडौं– नामिबियाले नेपाललाई २०७ रनको चुनौती प्रस्तुत गरेको छ।  नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको आजको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २०६ रन बनायो। 

Namibia3-1709019365.jpg
नामिबियाका लागि जान निकोल लोफ्टि एटनले शतकीय पारी खेले ३६ बलको सामना गरेका उनले ८ छक्का र ११ चौकाको मद्दतले १०१ रन बनाए। 

मलन क्रुगेर ५९ रनमा नटआउट रहे भने मिचेल भान लिङगेनले २० रन जोडे। जेपी कोटेजले ११ रन बनाए भने जान फ्यालिंकले ५ रन बनाए। कप्तान जेजे समित भने एक रनमा नटआउट रहे। 

Namibia1-1709019362.jpg
नेपालका लागि रोहित पौडेलले दुई तथा करन केसी र अविनाश बोहोराले समान एक एक विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। 
 
एक दिवसीय क्रिकेटमा नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सले नेपाल र नामिबियालाई एक एक खेलमा जितेको थियो।

नेपालले नामिबियासँग एक दिवसीयमा ब्यहोरेको हारको बदला लिने प्रयास गर्दा नामिबिया पनि लगातार जित निकाल्न चाहन्छ। यसैगरी नेपालले भोलि नेदरल्याण्ड्ससँग खेल्ने छ।
Namibia2-1709019362.jpg
  
बिहीबार नामिबिया र नेदरल्याण्ड्स आमने सामने हुने छन् भने शुक्रबार नेपाल र नामिबिया खेल्ने छन्। यस्तै, शनिबार नेपाल र नेदरल्याण्ड्स दोस्रो पटक आमने सामने हुने छन्।
 
आइतबार नामिबिया र नेदरल्याण्ड्स दोस्रो पटक भिड्दा समूह चरणको खेल सकिने छ। शीर्ष २ टिमले फागुन २२ गते मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
  
टी २० सिरिजका लागि नेपालले १८ सदस्यीय स्क्वाड यसअघि नै घोषणा गरिसकेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:१७
Weather Update