News Griha :: न्यूजगृह
 ‘डन ३’मा छैनन् शाहरुख खान, फिल्मको बजेट २ सय ७५ करोड

काठमाडौं- सन् २००६ बाट सुरु भएको फिल्म डन फ्रेन्चाइजीको पहिलो दुई भागमा शाहरुख खानले ‘डन’को भूमिका निभाए। तर, अब निर्माता रितेश सिधवानी र फरहान अख्तरले ‘डन ३’मा रणवीर सिंहलाई ‘डन’को भूमिकामा अनुबन्ध गरेका छन्।

शाहरुखपछि डन फ्रेन्चाइजीलाई रणवीर सिंहले अगाडि बढाउँदैछन्। फरहान अख्तरको निर्देशनमा बन्ने ‘डन ३’ मा रणवीरका साथ अभिनेत्री कियारा आडवाणीको आधिकारिक रुपमै प्रवेश भइसकेको छ। सुटिङका लागि तयारी अवस्थामा रहेको यो फिल्मलाई अहिलेसम्मकै सबैभन्दा ठूलो एक्सन फिल्म बनाउन निर्देशक फरहानले कुनै कसर बाँकी राखेका छैनन्। फिल्म ‘डन ३’ हालसम्मकै सबैभन्दा महँगो डन फ्रेन्चाइजी पनि हुनेछ।

‘शाहरुख खानका साथ डन १ र डन २ राम्रो बजेटमा बनाइएको थियो। तर ‘डन ३’ लाई फरहान एक वैश्विक फिल्म बनाउँदैछन्। डन ३ को उद्देश्य केवल भारतका एक्सन फिल्मसँग प्रतिष्पर्धा गर्नु होइन, यसको लक्ष्य विश्वस्तरमा प्रतिष्पर्धा गर्नु रहेको निर्देशकले बताउँदै आएका छन्। 

डन ३ लाई एक वैश्विक एक्सन थ्रिलर बनाउनमा फरहान जुटिरहेका छन्। नयाँ युगमा फ्रेन्चाइजीको नेतृत्व गर्नका लागि रणवीर सिंहभन्दा अन्य उत्कृष्ट कलाकार कोही हुन सक्दैनन्’, फिल्म निकट स्रोतले भनेको छ।

‘डन ३’को बजेट २ सय ७५ करोड भारु हुनेछ। यसमा प्रिन्ट र प्रमोसन खर्च जोडिएको छैन। ‘फिल्ममा एक्सनको परिकल्पना यसरी गरिएको छ कि डन ३ स्पाई युनिभर्सको अगाडि उभिएको छ। यद्यपि, जुन कुरा डन ३ लाई भारतका अन्य एक्सन फिल्मभन्दा अलग गरिन्छ, त्यो नायक हो, जसमा नेगेटिभ इलिमेन्ट पनि छ’, स्रोतले भनेको छ ।

फिल्म सन् २०२५ मा रिलिज हुनेछ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०८:४३
Weather Update