News Griha :: न्यूजगृह
आईपीएल : हैदरावादसँग कोलकाता पराजित 

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ । 

घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा जितका लागि २२९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनायो । 

कोलकाताका कप्तान नितिश राणाले सर्वाधिक ७५ रन बनाउँदा रिङ्कु सिंह ५८ रनमा अविजित रहे । तर, टिमलाई हारबाट उनीहरूले जोगाउन सकेनन् । 

कोलकातालाई सस्तैमा समेट्ने क्रममा हैदरावादका मार्को जनसन, मयङ्क मारकान्डेले समान दुई दुई विकेट लिए भने भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले समान एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो । हैदरावादका ह्यारी ब्रुकले १०० रनको अविजित शतकीय पारी खेल्दा कप्तान एडेन माक्ररमले ५० रन जोडे । 

कोलकाताका आन्द्रे रसेलले ३ विकेट तथा वरुण चक्रवर्तीले एक विकेट लिए । यो खेलसँगै कोलकाता ४ खेलमा ४ अंककासाथ तालिकाको चौथो स्थानमा र हैदरावाद ४ खेलमा ४ अंकका साथ सातौँ स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०९:१५
Weather Update