News Griha :: न्यूजगृह
पाकिस्तानसँग न्युजिल्यान्डलाई पराजित

काठमाडौं— पाकिस्तानले पहिलो टी–२० आई खेलमा न्युजिल्यान्डलाई ८८ रनले पराजित गरेको छ । योसँगै पाकिस्तानले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ । 

पाकिस्तानले दिएको १८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.३ ओभरमा ९४ रनमा अल आउट भयो ।

न्युजिल्यान्डका मार्क च्यापम्यानले सर्वाधिक ३४ रन बनाए । ओपनर तथा कप्तान टम लाथम २०, चाद वोवेस १, विल योंग २, डर्याल मिचेल ११, जेम्श निसम १५ र रचिन रविन्द्र २ रनमा आउट भए । 

पाकिस्तानका हरिस रौफले ४, ईमाद वासिमले २, शाहिन शाह अफ्रिदी, जमान खान, फहिम अशरफ र शादब खानले समान एक विकेट लिए । 

त्यसअघि गद्धाफी स्टेडियम लाहोरमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान १९.५ ओभरमा १ सय ८२ रनमा अल आउट भएको थियो । पाकिस्तानका सैम अयुबले ४७ रन बनाए । फखार जमानले पनि ४७ रन बनाए ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०७:२८
Weather Update