News Griha :: न्यूजगृह
नेपालले ओमनसँग एकदिवसीय अभ्यास खेल खेल्दै

काठमाडौं— नेपालले शनिबार ओमनसँग एकदिवसीय अभ्यास खेल खेल्दैछ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमनसँग अभ्यास खेल खेल्न लागेको हो । 

शनिबार हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमनको जिशान मकसुदले गर्नेछन् । 

नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । आईसीसी विश्वकप लिग २ मा ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०७:२४
Weather Update