३२ ओभर खेल्दा ८ विकेट गुमाएको नेपालले बनायो १०७ रन

काठमाडौं– नामिबियाविरुद्ध व्याटिङमा उत्रिएको नेपाली टीमले ८ विकेट गुमाएको छ।
३२ ओभरको खेल सकिँदा नेपालले ८ विकेट गुमाउँदै १०७ रन बनायो।
अहिले करण केसी र पवन सर्राफ व्याटिङ गरिरहेका छन् भने अन्य व्याट्सम्यान पेभिलियन फर्किए।
नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१, कुशल मल्लले १५ रन बनाउन बाहेक अन्य व्याट्समेनले दोहोर अंक जोड्न सकेनन्।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० ११:५४