नामिबियाविरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं– कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ।
टस हारेर ब्याटिङ गरिरहेको नेपालले १६ ओभरको खेल सकिँदा ४ व्याट्सम्यान गुमाएको छ।
कुशल भुर्तेल पहिलो बलमै आउट हुँदा आसिफ शेखले ११ बल खेल्दा एक चौका प्रहार गरे। ६ बलको सामना गरेका अनिल साहले २ चौका हान्दै ८ रन बनाएर आउट भए।
त्यस्तै क्याप्टेन रोहित पौडेलले १३ बलमा एक रन बनाएर आउट भए। यसरी कमजोर प्रदर्शन गरेको नेपालले १६ ओभरको खेल सकिँदा ४४ रन बनाएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १०:४८