जुडोमा नेपाललाई ३ स्वर्णसहित ५ पदक

काठमाडौं– दोस्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ। भुटानको थिम्पुमा भएको प्रतियोगितामा नेपालले २ रजत पनि जित्यो।
पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङजी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्ण जितेको खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले जानकारी दिए।
पुरुष ६० केजीमा पेम्बा दोर्जी शेर्पा तथा महिला ५७ केजीमा बन्दना कुलुङले रजत हात पारे।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० ०८:४५