-1707961432.jpg)
काठमाडौं– आईसिसी विश्व क्रिकेट लिग टु सिरिज अन्तर्गतको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुँदैछ।
यो प्रतियोगिता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। खेल बिहान सवा ९ बजे सुरु हुनेछ। नामिबियासँग उत्कृष्ठ खेल्दै नेपाल लिग टुको सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रने छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्न आफूहरू उत्साहित र तयार रहेको बताएका छन् ।
३ वर्षसम्म चल्ने सिरिजका शीर्ष ४ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन्। खेल २०२४ देखि २०२७ सम्म चल्नेछ। एक दिवसीय अन्तर्राष्ट्रियमा यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले २ र नामिबियाले ३ खेल जितेका छन्। १ खेल भने नतिजाविहीन छ।
त्रिकोणात्मक सिरिजमा यी २ सहित नेदरल्याण्ड्सले पनि प्रतिस्पर्धा गर्नेछ। नेपाल र नेदरल्याण्ड्सबीच एक दिवसीयमा ३ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ।
सन् २०२७ मा दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेमा संयुक्त रुपमा हुने विश्वकपका लागि छनोट प्रक्रिया समेत रहेको लिग टु मा कुल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। यसमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका छन्।