News Griha :: न्यूजगृह
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात

काठमाडौं– म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध ३-१ को जित निकालेको छ।

डिफेन्डिङ च्याम्पियन सिटीले एफसी कोपनहेगनलाई राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा ३-१ गोल अन्तरले पराजित गरेको हो । 

एफसी कोपनहेगनको मैदानमा केभिन डी ब्रुएनले गोल गर्दै १० औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । 
उनले फिल फोडेनको पासमा गोल गरेका थिए । ३४ औं मिनेटमा मग्नुस म्याटसनले गोल गरेपछि कोपनहेगनलाई बराबरीमा ल्याएका थिए ।

४५ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा २-१ ले अघि बढाए । दोस्रो हाफको अतिरिक्त समयमा फिल फोडेनले गोल गरेपछि सिटी ३-१ को सहज जित निकाल्न सफल भयो ।

अब दोस्रो लेग बुधबार हुनेछ । उक्त खेल बराबरीमा मात्रै टुंगिदा पनि सिटी अन्तिम ८ मा प्रवेश गर्नेछ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०८:५०
Weather Update