
काठमाडौं– नेपाल एपीएफ स्कुल, सैनिक आवासीय महाविद्यालय, लेबोरेटरी मावि र नेपाल पुलिस स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।
सैनिक महाविद्यालयले बुद्धनगरको काव्या स्कुललाई १४–० ले हरायो। सैनिकका डिग विजय शाही एक्लैले ९ गोल, दिपेश दुम्जानले २ रोहित श्रेष्ठ, समर्पण सुनार र अनुभवन पुरीले समान १ गोल गरेका थिए।
लेबोरेटरीले नेपालय उच्चमाविलाई १०–० ले हरायो । लेबोरेटरीका विष्णु चन्दले ह्याट्रिक गरे भने एकराज दाहाल, रितिक फडेर र आर्यन थापाले समान २ गोल गरेका थिए । १ गोल आत्मघाती भएको थियो ।
एपीएफ (ख)ले ब्राइट होराइजन चिल्ड्रेन्स होमलाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयसम्म १–१ को बराबरीपछि टाइब्रकेरमा एपीएफ विजयी भएको थियो ।
अन्तिम खेलमा पुलिस स्कुलले लिटिल एन्जल्स स्कुललाई ४–२ गोल ले हरायो । पुलिसका राजु आर्जीले २ तथा मिजेश श्रेष्ठ र प्रशान्त मोक्तानले समान १ गोल गरेका थिए।
प्रतियोगितामा बुधबार मनकामना सेकेन्डरी स्कुल र जेम्स स्कुल बीच क्वार्टरफाइनल खेल हुनेछ ।