News Griha :: न्यूजगृह
निकालियो पेटभित्रको रक्सीकाे बोतल

धनगढी— धनगढीमा एक वृद्धको पेटमा रहेको रक्सीको बोतल निकालिएको छ ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको थियो । रक्सीको बोतल शल्यक्रिया गरी निकालिएको अस्पतालले जनाएको छ ।

उनको पेटभित्रको बोतल सकुशल निकालिएको अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले जानकारी दिए ।

मगर कैलालीको धनगढीस्थित फूलबारी निवासी हुन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २१:३५
Weather Update