News Griha :: न्यूजगृह
धनगढीमा एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएपछि...
एक्सरे रिपोर्टमा पेटभित्र देखिएको बोतल।

धनगढी— धनगढीमा एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएको छ । उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय एक वृद्धको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको अस्पतालले जनाएको छ। 

उनी  कैलालीको धनगढी स्थित फूलबारी निवासी हुन् । पेटमा कसरी बोतल पुग्यो भन्ने अनुसन्धान पछि मात्र थाह हुने अस्पतालले जनाएको छ । 

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका उनको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो ।

बिरामीको अनुसार केही दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

एक महिनाअघि रौतहटको गुजरा नगरपालिका–९ का २६ वर्षीय नुर्साद मन्सुरीको पेटमा पनि रक्सीको बोतल फेला परेको थियो । चिकित्सकले शल्यक्रिया गरेर मन्सुरीको पेटमा भएको बोतल निकालेका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १५:४७
Weather Update