News Griha :: न्यूजगृह
ग्लोबल आईएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’

काठमाडौं— भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा छ । थिएटरमा सुपरहिट भएको यो फिल्मले ओटीटीमा दर्शकको उत्तिकै मन जितिरहेको छ । अब यो फिल्मले ग्लोबल आईएमडीबीको उत्कृष्ट २५० को सूचीमा आफूलाई सूचीकृत गरेको छ  । यो फिल्म ५० औं नम्बरमा छ ।

यो सूचीमा ‘ओपेनहाइमर’, ‘स्पाइडरमेनः एक्रस द स्पाइडर वर्स’, ‘ग्लेडिएटर’, ‘द लायन किंग’, ‘टॉय स्टोरी’ जस्ता हलिउड फिल्म छन् । केवल २० करोडमा निर्माण भएको यो फिल्मले ६६ दशमलब ५५ करोड कमाई गरेर सुपरहिट साबित भएको थियो । फिल्मको कथा र कलाकारको अभिनयले जोकोही दर्शक प्रभावित भएका थिए । निर्देशकको निर्माण कम्पनीले सामाजिक सञ्जालमार्फत ‘१२ वी फेल’ को सफलताको खुशी बाँडेका छन् । 

‘१२ वी फेल’ ती लाखौं विद्यार्थीको संघर्ष र मेहनतको कथा हो, जो यूपीएससीको परीक्षामा सारा सपना लिएर बस्छन् । यो फिल्मको कथा चम्बलमा बस्ने आईपीएस अफिसर मनोज शर्माको सत्यकथा हो, जो गाउँमा हुर्कन्छन्, बढ्छन् र केही कारणले उनी १२ मा फेल हुन्छन् । अचानक उनको जीवनमा एक यस्तो ‘यूटर्न’ आउँछ, र उनी आईपीएस बन्ने सपना देख्छन् । यसपछि निकै लामो संघर्ष पछि उनले यो सफलता पाउँछन् । नवभारत टाइम्स 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १०:५४
Weather Update