News Griha :: न्यूजगृह
Current-Landing-pageCurrent-Landing-page
विवाहको १२ वर्षपछि अलग भए इशा र भरत

काठमाडौं— बलिउड अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी जेठी छोरी इशा देओलको व्यक्तिगत जीवन एक महिना यता चर्चाको विषय बनेको छ । इशाको १२ वर्षे वैवाहिक जीवन टुंगिने चर्चा परिचर्चा भइरहँदा उक्त चर्चाले अधिकारिकता पाएको छ । 

मंगलबार इशा र उनका पति भरत तख्तानीले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै आपसी सहमतिमा वैवाहिक जीवन टुंग्याएको बताएका छन् । ‘हामी आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौं । हाम्रो जीवनमा यो परिवर्तनको माध्यमले हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्वपूर्ण छ र हुनेछ । हामी यो कुराको सराहना गर्नेछौँ कि हाम्रो गोपनियताको सम्मान गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । यो जोडीको दुई छोरी राध्या र मियारा छन् । राध्या सन् २०१७ मा र मियारा सन् २०१९ मा जन्मिएका हुन् । इशा पछिल्लो केही समय यता अभिनयबाट टाढा छिन् । यद्यपि उनले लामो समयपछि ओटीटीमार्फत कमव्याक गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘एक दुआ’ले ६९ औं नेशनल अवार्डमा फिचर विधामा स्पेसल मेन्सन अवार्ड पाएको थियो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०८:३८
sagarmatha cementsagarmatha cement
Weather Update