News Griha :: न्यूजगृह
रोकियो शाहरुख र सुहानाको फिल्म 

काठमाडौं— बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ को बक्सअफिसमा आफ्नो स्टारडम देखाइसकेका छन् । उनी सन् २०२४ मा उनी कैयौँ फिल्ममा जोडिने चर्चा चले पनि हालसम्म त्यो निश्चित हुन सकेको छैन ।

यहीबीचमा शाहरुख खानले छोरी सुहानासँग अभिनय गरेको एक फिल्मको काम रोकिएको खबर सार्वजनिक भएको छ । बेनामे यो फिल्ममा पहिलोपटक शाहरुखले छोरी सुहानासँग स्क्रिन शेयर गर्दै थिए । 

सुहानाले सन् २०२३ मा फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । यो फिल्मपछि शाहरुख र सुहानाले अर्को एक बेनामे फिल्ममा सहकार्य गरेका थिए । तर अब त्यो फिल्मको काम रोकिएको छ । 

फिल्म निकट स्रोतका अनुसार शाहरुखले छोरी सुहानालाई आफूसँग अनुचित तुलना गरेको मन पराउँदैनन् । त्यहीकारण पनि यो फिल्मको काम रोकिएको स्रोतको दाबी छ ।
सुहाना र खुशी कपुरको अभिनय रहेको फिल्म ‘द आर्चिज’ दर्शकले खासै मन पराएनन् । यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:१६
Weather Update