News Griha :: न्यूजगृह
अमेरिकी गायिका टेलर स्विफ्टको पिछा गर्ने व्यक्ति पक्राउ

काठमाडौं— अमेरिकी गायिका टेलर स्विफ्टको न्यूयोर्कस्थित निवासमा उनलाई ‘उत्पीडन’ र ‘पिछा’ गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । गायिका स्विफ्टले प्रहरीमा ‘भावनात्मक रुपमा विचलित पुरुषले अमर्यादित व्यवहार गरेको’ भन्दै उजुरी दिएपछि प्रहरीले सिएटलका ३३ वर्षे डेभिड क्रोवेलाई पक्राउ गरेको हो ।

प्रहरीले डेभिडलाई ‘उत्पीडन’ र ‘पिछा’ गरी दुई मुद्दा दर्ता गराएको छ । यो घटना स्वीफ्टको घर तोडफोडको प्रयास भएपछि सार्वजनिक भएको हो । घर तोडफोड हुँदा गायिका प्रेमी एनएफएल खेलाडी ट्राभिस केल्सलाई समर्थन गर्न गएकी थिइन् । ट्राभिसको टिमले कान्सास सिटीका प्रमुखहरूसँग बफेल्लो बिल्स खेलेको थियो ।

पक्राउ परेका व्यक्तिले उत्पीडन वा पिछा गरेको हो कि होइन भन्ने प्रहरीले पुष्टि गरेको छैन । स्विफ्टको न्यूयोर्कमा रहेको घर र क्यालिफोर्निया तथा रोड आइसल्याण्डमा आफ्नो स्वामित्वमा रहेको घर अज्ञात व्यक्तिको निशानामा परिरहेको छ ।

सन् २०२२ मा ‘ग्रामी अवार्ड’ विजेता गायिकाको न्यूयोर्कस्थित घरमा मदिरापान गरेर गाडी चलाएको र घर भित्र प्रवेश गर्न खोजेका आरोपीलाई पक्राउ गरेको थियो । त्यस्तै रोजर अल्भाराडो नामका एक व्यक्ति स्विफ्टको घरभित्र प्रवेश गरेर खाटमा सुतिरहेको अवस्थामा भेटेपछि प्रहरीले उनलाई पक्रेर ६ महिना जेल चलान गरेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ०६:१२
Weather Update