News Griha :: न्यूजगृह
रियल मड्रिडले चेल्सीलाई हरायो, कसले गरे गोल ?

काठमाडौं— यूरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २–० ले हराएको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गरे ।

खेलको २१औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

५९औं मिनेटमा चिलवेलले सिधा रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा समेटियो । त्यसपछिकाे खेलमा असेन्सिओले ७४औं मिनेटमा भिनिसयसकै पासमा रियलका लागि दोस्रो गोल गरे ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०७:००
Weather Update