News Griha :: न्यूजगृह
शाहरुख र रोहितबीच मनमुटाव, यस्तो छ कारण

काठमाडौं— ‘चेन्नई एक्सप्रेस’ र ‘दिलवाले’ जस्ता क्लासिक हिट फिल्मपश्चात् निर्देशक रोहित शेट्टीले बलिउड अभिनेता शाहरुख खानसँग पुन: सहकार्य गरेका छैनन् । रोहित र शाहरुखको जोडीको आगामी फिल्मका लागि उनीहरूका प्रशंसक प्रतिरक्षामा रहेपनि सँगै काम गर्न सकिनेबारे कुनै संकेत गरेका छैनन् । 

रोहित र शाहरुखबीच मनमुटाव भएको खबरहरू चर्चामा रहेपनि उक्त विषयमा दुवैले प्रष्टिकरण दिन चाहेका थिएनन् । तर हालैमात्र एक अन्तरवार्तामा रोहितले यो विषयमा मुख खोलेका छन् । अन्तरवार्तामा रोहितलाई शाहरुखसँगको मनमुटावको विषयमा प्रश्न गर्दा ‘त्यस्तो केही होइन’ मात्र प्रतिक्रिया दिए । रोहित र शाहरुखको फिल्म ‘दिलवाले’को रिलिजका समयमा दुवैबीच केही मुद्दामा मतभेद रहेको चर्चा चलेको थियो ।

फिल्मले थिएटरमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । यसकारण पनि शाहरुख र रोहितबीच पुन: सहकार्यको वातावरण बिग्रिएकोसमेत चर्चा चलेको थियो । तर रोहितले अहिले आएर भने ती सबै कुराको खण्डन गरेका छन् । ‘कुनै राम्रो कथा भेटियो भने पुन: सहकार्य हुन्छ । त्यस्तो कथा ‘चेन्नई एक्सप्रेस’को भन्दा पनि उत्कृष्ट हुनुपर्छ । राम्रो कथा आयो भने शाहरुखसँग सहकार्य गर्न कुनै आपत्ति छैन’, उनले भनेका छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १५:३०
Weather Update