News Griha :: न्यूजगृह
रणवीरको फिल्म ‘एनिमल’को ओटीटी रिलिजविरुद्ध उजुरी

काठमाडौं— अभिनेताद्वय रणवीर कपूर र बबी देओलको ब्लकबस्टर फिल्म ‘एनिमल’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो । जसले विश्वव्यापी बक्सअफिसमा ९ सय करोडको कलेक्सन गर्‍यो । 

सन्दीप रेड्डी वांगाको निर्देशन रहेको यो फिल्ममा रश्मिका मन्दाना, तृप्ति डिमरी र अनिल कपूरको पनि प्रमुख भूमिकामा अभिनय थियो । यो फिल्म थिएटरमा रिलिजपछि अब ओटीटीमा रिलिजको तयारीमा छ । तर ओटीटीमा आउनु अघि नै फिल्म कानूनी झमेलामा परेको छ ।

फिल्मसँग जोडिएको एक प्रोडक्सन कम्पनीले फिल्मको ओटीटी रिलिजमा रोक लगाउन माग गरेको छ । जसका लागि उसले दिल्ली हाई कोर्टमा निवेदन दिएको छ । उक्त प्रोडक्सन कम्पनीले टी सिरिजमाथि एक गम्भीर आरोप पनि लगाएको छ, जुन आरोपले सबै चकित परेका छन् ।

फिल्मको सहनिर्माता दाबी गर्दै सिनेज्ञ स्टुडियोज प्रालिले दिल्ली हाई कोर्टमा एक उजुरी दायर गरेको छ । जसमा टी सिरिजले फिल्मको बौद्धिक सम्पदा अधिकारमा आफ्नो हिस्सा नदिएको उल्लेख गरिएको छ । कम्पनीले यी दुई प्रोडक्सन हाउसले फिल्म निर्माण गर्नका लागि एक सम्झौता गरेको थियो । जसमा सिनेज्ञलाई ३५ प्रतिशत लाभ हिस्सा र फिल्मको ३५ प्रतिशत बौद्धिक सम्पदा अधिकारको हकदार बनाइएको उजुरीमा भनिएको छ ।

यद्यपि टी सिरिजसँग हस्ताक्षरित सन् २०१९ अधिग्रहण सम्झौतामा कैयौँ अलगअलग धाराको उल्लङ्घनको दावी गर्दै फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्न दिन नमिल्ने दाबी कम्पनीको छ । सिनेज्ञ स्टुडियोजले टी सिरिजले फिल्म बनाउन, प्रमोसन गर्न र रिलिजका लागि खर्च गरेको, बिना कुनै जानकारी शेयर गरिएको बक्सअफिस बिक्रीमा आफ्नो हक दाबी गरेको र लाभ बढाउने सम्झौताका बाबजुद कुनै पैसा नदिएको आरोप लगाएको छ । कम्पनीका वरिष्ठ वकिल सन्दीप सेठीले कम्पनीका तर्फबाट उजुरी दिएका हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०९:३५
Weather Update