News Griha :: न्यूजगृह
काभा वुमन्स भलिबल च्यालेन्ज: नेपाल र भारत एकै समूहमा

काठमाडौं— आगामी ६ जेठदेखि १५ सम्म नेपालमा आयोजना हुने काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एकै समूहमा परेका छन् । 

काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघले उक्त प्रतियोगिता आयोजना गर्दैछ । जसमा सेन्ट्रल एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

मंगलबार भएको ड्र अनुसार घरेलु टोली नेपाल, भारत, बंगलादेश र किर्गिस्तान समूह 'ए' मा छन् । यस्तै समूह 'बी' मा उज्वेकिस्तान, श्रीलंका, कजाखस्तान र माल्दिभ्स छन् ।

२०१९ मा नेपालमै भएको १३औं सागपछि नेपाल र भारतबीच महिला भलिबलमा भेट भएको थियो । त्यसबेला काठमाडौंमा भएको फाइनलमा नेपाल भारतसँग ३-२ सेटमा पराजित भएको थियो । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०७:४८
Weather Update