यूईएफए लिगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई हरायो

काठमाडौं— यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनको पहिलो लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई पराजित गरेको छ।
घरेलु मैदान एतिहाद स्टेडियममा गएरातिको खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा रोड्री, बेर्नार्डो सिल्भा र इर्लिंग हालाण्डले एक एक गोल गरे।
जितपछि सिटीले म्युनिखलाई पहिलो लिगमा ३-० को अग्रता बनाएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
अब क्वाटरफाइनको दोस्रो लेग बायर्न म्युनिखको घरेलु मैदानमा २० अप्रिलमा हुने छ। गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले वेन्फिकालाई २-०ले पराजित गर्यो।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ ०७:२०